एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १८ :

जनकपुरधाममा होटल पौवाको नयाँ शाखा सञ्चालनमा आएको छ। होटलले धार्मिक पर्यटनलाई लक्षित गर्दै विशेष पर्यटन प्याकेज, सांस्कृतिक कार्यक्रम तथा स्थानीय परिकार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
होटल पौवाले हाल देशका विभिन्न पर्यटकीय तथा व्यापारिक केन्द्रमा आफ्नो सेवा विस्तार गरिसकेको छ भने नेपालगञ्जमा पाँचतारे होटल र पाल्पामा लक्जरी रिसोर्ट निर्माण गरिरहेको छ। कम्पनीले ‘साझा स्वामित्व, साझा सफलता’ अवधारणाअन्तर्गत कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गरेको जनाएको छ।

कम्पनीका पदाधिकारीहरूले नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा ‘मिसन १००’ अन्तर्गत नेपाल र विदेशमा १०० भन्दा बढी शाखा विस्तार गर्ने लक्ष्य रहेको बताएका छन्। पर्यटन व्यवसायीहरूले होटल पौवाको आगमनले जनकपुरधामको पर्यटन पूर्वाधार सुदृढ हुने, पर्यटकको बसाइ अवधि बढ्ने तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।