एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २८ :
नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको विस्तारलाई थप सशक्त बनाउने उद्देश्यसहित प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘अथर इनर्जी’को नयाँ एक्सपिरियन्स सेन्टर जनकपुरधाममा सञ्चालनमा आएको छ।
अथर इनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले सोमबार जनकपुरधामको मिल्स एरियामा नयाँ सेन्टर उद्घाटन गरेको हो। नितिन ट्रेड लिंकको व्यवस्थापनमा सञ्चालनमा आएको उक्त सेन्टरमार्फत जनकपुरधाममा विद्युतीय दुईपांग्रे सवारीको सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ।
सेन्टर उद्घाटनसँगै अथर नेपालका देशभर रहेका एक्सपिरियन्स सेन्टरको संख्या १० पुगेको छ। काठमाडौँ उपत्यकाभित्र पाँच शाखा सञ्चालनमा रहेका छन् भने पोखरा, चितवन, इटहरी, बुटवलपछि अब जनकपुरधाममा पनि सेवा विस्तार गरिएको जनकपुरधामका आधिकारिक वितरक संजु नायकले जानकारी दिए।
उनका अनुसार अथरले नेपालकै दुईपांग्रे ईभी क्षेत्रमा सबैभन्दा लामो आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ। सेन्टर उदघाटन हुनु अघिनै २० वटा अथरका स्कुटी बिक्री भइसकेको नायकले बताए ।
नयाँ सेन्टरमा अथरको ‘४५० सिरिज’ तथा परिवारमुखी स्कुटर ‘अथर रिज्टा’ प्रदर्शनमा राखिएको छ। कम्पनीका अनुसार ‘अथर ४५० सिरिज’ उच्च परफर्मेन्स, स्मार्ट टेक्नोलोजी र आधुनिक राइडिङ अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो। यसमा गुगल म्याप्स आधारित नेभिगेसन, अटो होल्ड, रिभर्स मोड, विभिन्न राइड मोड, टचस्क्रिन ड्यासबोर्डलगायत अत्याधुनिक सुविधा उपलब्ध छन्।
सेन्टरमा ग्राहकहरूले स्कुटरको लाइभ डिस्प्ले, प्रोडक्ट डेमोन्स्ट्रेसन तथा टेस्ट राइडको अनुभव लिन सक्नेछन्। साथै स्मार्ट फिचर, कनेक्टेड टेक्नोलोजी, फाइनान्सिङ तथा एक्सचेञ्ज सुविधा, ईभी ओनरसिप र चार्जिङसम्बन्धी परामर्शसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।





