एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २ :
जनकपुरधाममा टिभिएसको स्मार्ट एक्सचेन्ज मेला जारी छ । जनकपुरधामको रंगभूमि मैदान १२ बिघामा नयाँ वर्षलाई लक्षित गरी जगदम्बा मोटर्सले वैशाख १ गतेदेखि शुरु भएको यो मेला वैशाख ६ गतेसम्म चल्ने छ ।
पुराना मोटरसाइकल तथा स्कुटर प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको उक्त मेलामार्फत सस्तो र सहज तरिकाले नयाँ सवारीसाधन खरिद गर्न सकिने गरी मेलाको आयोजना गरिएको आर्यन अटो मोबाइल्सका संचालक रामबालक महतोले जानकारी दिए । मेलामा नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा सहज किस्ताबन्दी (फाइनान्स) सुविधा पनि उपलब्ध गराइएको उनले बताए ।

यस अघि टिभिएसकै सुनको सगुन अफर अन्तर्गत सुनको सिक्का जित्ने विजेतालाई पुरस्कार प्रदान गरिएको छ । गत फागुन महिनामा टिभिएसको बाइक लिएका नगराइन नगरपालिका ८ खिरखिरियाका मिन्टु यादवलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै मेला अन्तर्गत टिभिएसको अपाचे बाइक किनेका जनकपुरधाम २४ बसहियाका त्रीचन्दन सहनीले प्राप्त गरेका २५ हजार छुट रकमको चेक समेत हस्तान्तरण गरिएको आर्यन अटो मोबाइल्सका संचालक महतोले बताए ।
मेलामा नयाँ बाइक किन्ने ग्राहकलाई ५ लाखसम्मको छुट, कैश डिस्काउन्ट, ५ वर्षसम्म लकी ड्र मार्फत विजेता २ ग्राहकलाई पेट्रोलको सुविधा समेत राखिएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले बताए ।






