एसपि रिपोर्टर
जनकपुरधाम, असार २ :

कपडा तथा रेडिमेड व्यवसायी संघ जनकपुरधामको नयाँ कार्यसमितिका पदाधिकारीहरूले सोमबार एक समारोहबीच शपथ ग्रहण गरेका छन् । नव–निर्वाचित अध्यक्ष सन्दीप साह सहित अन्य पदाधिकारीहरूले पदभार ग्रहण गर्दै आगामी कार्यकालका लागि आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् ।
शपथ ग्रहण समारोहमा जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा निर्वाचन समितिका संयोजक परमेश्वर साहले पदाधिकारीहरूलाई शपथ गराएका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी, वरिष्ठ उपाध्यक्ष मनोज साह, उपाध्यक्ष लक्ष्मण साह, महासचिव फुलदेव पण्डित लगायत विभिन्न व्यापारी, उद्योगी, संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
जउवा संघका अध्यक्ष भण्डारीले नयाँ कार्यसमितिलाई बधाई दिँदै संघले व्यापारीहरूको हकहितमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, “व्यवसायीहरूको समस्या समाधान र हकहितका लागि यस्ता संघ–संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ । हामी जउवा संघको उद्देश्य पुरा गर्न सबै किसिमको सहकार्य गर्न तयार छौं ।”