एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : धनुषाको व्यापार जगत र प्रशासन बिच मध्यान्ह १२ बजे सम्म व्यापारी प्रतिष्ठान खोल्ने सहमती भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानिय प्रशासन, जनकपुरधाम उद्योग बाणिज्य संघ र धनुषा चेम्वर अफ कर्मश बिच सहमती भएको हो ।
बैठकमा सहभागी संघका महासिचव जितेन्द्र महासेठका अनुसार विहान ५ बजे देखि मध्यान्ह १२ बजे सम्म सम्पुर्ण पसलहरु खोल्ने सहमती भएको बताए । यद्यपि सैलुन, जिम सेन्टर, सिनेमा घर, होटल, रेष्टुरेन्ट सहितका भिडभाड हुने प्रतिष्ठानहरु भने यथावत बन्द नै रहेको उनले बताए ।
यस अघि व्यावसायीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघले कर बारे सरकारी निर्णय र बन्दका कारण व्यापारीहरुमा पर्न गएको असर र प्रभावलाई मध्यनजर गर्दै नियम सहित पसल खोल्ने वातावरण बनाउन स्थानिय प्रशासनलाई आग्रह गर्दै आएका थिए । विहिवार व्यापारी उपर प्रहरीद्वारा कुटपिट भएपछि स्थानिय प्रशासन माथी पुनः दबाब थपिएको थियो ।
कोरोना भाइरस कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारद्वारा जारी निरन्तर ७४ दिन सम्मो लकडाउनका कारण व्यापारीहरु सास्ती भोग्दै आएका थिए । यस सहमतीले केहि राहत भने हुने भएको छ । यद्यपि समाजिक दुरी, सुरक्षा समाग्री जस्तै गलभ्स, सेनिटाइजर, मास्क सहितका उपायहरु अपनाउनै पर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । जथाभावी पसल खोलेर भिडभाड नर्गन र नबुझेका कुरा संघ, कर्मश अथवा प्रशासनसंग बुझेर मात्र अगाडि बढन् समेत उनको आग्रह थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, संघका अध्यक्ष ललित कुमार साह, कर्मश धनुषाका अध्यक्ष विजय प्रसाद साह सहित दुबै संंस्थाका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।