एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १६ :
स्थानीय स्तरमा आर्थिक सशक्तीकरणका योगदान पुण्याउने उद्देश्यले गरिमा विकास बैंकसँग जनकपुरधामस्थित जनकपुर न्यूरो हस्पीटल एण्ड रिसर्च सेन्टर र सुयोग क्लिनिक एण्ड डाइगनोष्टिक प्रा.लि. बीच सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा शुक्रवार गरिमा विकास बैंकका जनकपुरधाम शाखाका प्रबन्धक विपिन कुमार झा र जनकपुर न्यूरो हस्पीटल एण्ड रिसर्च सेन्टरका तर्फबाट संचालक अजय राउत तथा तथा सुयोग क्लिनिक एण्ड डाइगनोष्टिक प्रा.लि.का संचालक ललितनारायण यादवले हस्ताक्षर गरेका छन् ।

दुवै पक्षले वित्तिय पहुँचलाई विस्तार गर्ने तथा स्थानीय स्तरमा आर्थिक योगदान पुरयाउनुपर्ने उद्देश्यले लिइएको छ ।सो बैंकमा जनकपुर न्यूरो हस्पीपटल र सुयोग क्लिनिकमा रहको कर्मचारी तथा आउने सेवाग्राहीलाई विभिन्न बैंकिंग सुविधा तथा वित्तिय परामर्श प्रदान गर्दै आएकोमा हस्पिटलहरुले पनि यस शाखासँग मिलेर सामुदायिक तथा व्यवसायिक गतिविधिमा सहकार्य गर्न सम्झौता गरिएको हो ।
सो सम्झौता पत्र अनुसार सो हस्पीपटलहरुमा आएका सेवाग्राही बाहेक सम्पूर्ण गरिमा विकास बैंकका ज्येष्ट नागरिक, ग्राहक तथा व्यापारीहरुले प्रयोग गर्ने बैंकको खाता, मोबाइल बैंकिंग, क्रेडिट कार्ड, डेबिट कार्ड लगायतबाट भुक्तानी गरे १० प्रतिशत छुट दिइनेछ ।
यो सम्झौताले बैंकका कर्मचारी, ग्राहक र व्यापारीहरुलाई ठूलो टेवा पुग्ने र हस्टिपलहरुलाई समेत व्यवसायिक लाभ पुग्ने विश्वास रहेको बैंकका शाखा प्रबन्धक झाले बताएका छन् ।
उक्त सम्झौता कार्यक्रममा गरिमा विकास बैकका जनकपुर शाखा कर्जा प्रमुख प्रकाश कुमार कर्ण, अमृता कुमारी पाण्डे, अपरेशन इन्चार्ज जयप्रकाश साह र न्यूरो हस्पीटलका संचालक राउतसहित वरिष्ठ लेखापाल अशोक यादव र सुयोग क्लिनिक संचाक ललित नारायण यादवसहित मैनेजर सिकिन्दर पण्डित लगायतका तीन संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


