एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १० :
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा.बैंकले जनाएको छ ।

बैंकका केन्द्रिय अध्यक्ष दिलिप कुमार ढुङ्गानाको अध्यक्षता र धनुषाधाम नगरपालिका प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यतामा आयोजित एक विशेष समारोहका बिच शाखाको समुदघाटन गरिएको छ । बैंकको शाखा स्थापना संगै धनुषाधाम र सो क्षेत्रका नागरिकले वितिय सुरक्षाको अनुभुति गर्न सक्ने भन्दै स्थानिय जनप्रतिनीधीहरु खुसी व्यक्त गरेका छन् ।

धनुषाधाम र स्थानिय छेउछाउका जनप्रतिनिधीहरुले बैंकको सञ्चालन पछि जनताले सुरक्षा महशुस गर्नु स्वभाविक रहेपनि बैंकको सुरक्षा पनि नागरिककै दायित्व रहेको बताए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्यादेवी भुजेल, बैंक जनकपुरधाम शाखाकी रञ्जिता झा, धनुषाधाम सहित विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको छ ।