एसपी रिपोर्टर
काठमाणडौँ , चैत १७ : नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो समय लगातार वृद्धि भइरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ।
यसअघि, शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७६ हजार २०० रुपैयाँ कायम थियो। सोही तुलनामा आइतबार ६०० रुपैयाँ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै, आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको छ। शुक्रबार तोलाको २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर २ हजार २५ रुपैयाँमा झरेको छ।