एसपी रिपोर्टर
काठमाणडौँ , चैत ६ : बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ। अघिल्लो दिनदेखि नै उच्च मूल्य कायम गरिरहेको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सुन १ लाख ७५ हजार २ सय रुपैयाँ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितताका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्, जसले गर्दा यसको मूल्य निरन्तर बढिरहेको छ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन २ हजार ५० रुपैयाँ प्रतितोला रहेको चाँदी आज २ हजार ४५ रुपैयाँ मा झरेको छ।