एसपी रिपोर्टर
काठमाणडौं, फागुन २५ :
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि ३ करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन्।

खानेपानी र संघीय मामिला मन्त्रालयसँगको छलफलमा उनले असंख्य योजनाभन्दा ठूला, रूपान्तरणकारी तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना प्रस्ताव गर्न जोड दिए।प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रम उनीहरूलाई हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ। बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, संघीय मामिलामन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायत सहभागी थिए।