एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २१ : नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि तोकेको नयाँ मूल्यअनुसार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको छ।
अब सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ पुगेको छ, जसअघि मंगलबार यो १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो। फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँ सम्म पुगेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ९५० रुपैयाँ पुगेको छ।





