एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २० :
ग्यास उद्योगीहरू र सरकारबीच पाँच बुँदे सहमति भएसँगै आन्दोलन स्थगित गरिएको छ। मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव गोविन्द बहादुर काकी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा सहमति भएको हो।

सहमति अनुसार ग्यासमा प्रतिसिलिण्डर १२.७५ रुपैयाँले मूल्य वृद्धि गरिने भए पनि उपभोक्ताका लागि मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ। ग्यास उद्योगीलाई दिइने मुनाफा निश्चित रकम वा प्रतिशतमा प्रदान गर्ने विषयमा अध्ययन गर्न उपसमिति गठन गरिनेछ।त्यस्तै, निगमले सम्बोधन गर्न सक्ने मागहरू पूरा गर्ने र असाध्य मागहरू मन्त्रालय र निगम सञ्चालक समितिमा पेस गरिने सहमति भएको छ।

ग्यास उद्योगीहरूले आजदेखि आपूर्ति सहज बनाउने प्रतिबद्धता जनाएका छन्।