एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १२ : जनकपुरधाममा व्यवसायहरु संकटमा रहेका बेला पनि उत्साहवर्दक कामहरु पनि हुने क्रम जारी छ । यसै क्रममा भारतको चर्चित ब्रान्डका अगरवत्तीहरुको विक्रेता जनकपुरधाम स्थित व्यवसायीले स्थानिय स्तरमै ति गुणस्तरका अगरवतीहरु उत्पादन र विक्रि वितरणको काम थालेका छन् ।
जनकपुरधाम स्थित कात्यायनी दर्शन प्रा.ली.ले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई बल्याक स्टोन, पाइनापल, भारत दर्शन, ईफेक्ट्स सहितका चर्चित अगरवती ब्रान्डहरु यस अघि करिव १२ वर्ष देखि अधिकृत विक्रेताको रुपमा विक्रि वितरण गर्दै आएकोमा अव जनकपुरधाममै ति ब्रान्डहरुको उत्पादन र ब्रान्डिङ्ग पनि गर्न थालेको बारे कटसी मिटिङ्ग वीथ सिएम कार्यक्रम गरि जानकारी गराएको छ ।
प्रा.ली.का प्रवन्ध निर्देशक राजिव साहले आफुहरु तत्कालै ६० जनालाई रोजगार दिएको र अगामि दिनमा थप सयजनालाई रोजगार दिने गरि व्यवसाय विस्तारका बारे मुख्यमन्त्रीसंगको भेटमा जानकारी गराएपछि मुख्यमन्त्रीले अवलोकन भ्रमण गरेको बताए । मुख्यमन्त्रीलाई आफुहरुले मधेश प्रदेशमै कसरी दक्ष जनशक्ति र व्यवसायको विस्तार र स्थानिय उत्पादनको वातावरण बनाउने बनाई देशभरिमै बजारीकरण गर्ने सन्दर्भमा आफुहरु काम गर्न लागेको बताउँदा मुख्यमन्त्री अवलोकनका लागि आउनुभएको साहले बताए ।
मुख्यमन्त्री सिंहले जनकपुरधाममै यति व्यवस्थित उद्योग र जनशक्ति सहितको उत्पादन र सफल व्यवसाय देखेर आफु उत्साहित भएको बताउदै निजि उद्योगहरु संग मिलेर मधेशको आर्थिक विकास र उन्नतीका लागि काम गर्न सरकार तयार रहेको बताए । मुख्यमन्त्री सिंह उत्सुकतापुर्वक उद्योगको अवलोकन गरेका थिए ।
प्रा.ली.ले प्रति प्याकेट खुद्रा दर तिन सय रुपैया सम्मको भारतिय चर्चित ति अगरवतीहरु बजारमा उपलब्ध गराउने काम गरिरहेको छ । सो अवसरमा जनकपुरधामका पुर्व मेयर लालकिशोर साह, पुर्व सांसद दिनेश साह सहित समाजिक अगुवाहरुको उपस्थिती थियो ।