एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ : जनकपुरधामको मुलेलियामा विद्युतिय गाडीको चर्चित ब्रान्ड बिवाईडीको शोरुमको शुभारम्भ भएको छ । अनौपचारिक रुपमा करिव एक वर्ष अगाडि देखिनै सेवारत शो रुमको एक भब्य समारोहका बिच शुक्रवार समुदघाटन गरिएको छ ।
‘बिवाईडी अव जनकपुरमा’ समारोहको आयोजना गरि जनकपुरधाम स्थित श्री रामजानकी अटो टे«डर्स (बिवाईडी जनकपुर)ले शो रुमका साथै एक नयाँ मोडल एटो ३ २०२४ भर्सनको कारको विक्रि वितरण समेत शुक्रवार देखिनै शुभारम्भ गरेको छ ।

शो रुमको समुदघाटन गर्दै जनकपुरधाम उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले
प्रादेशिक राजधानी सहित जनकपुरधाममा बिवाईडीले पाउको लोकप्रियता र बिश्वासलाई कदर गर्न कम्पनीलाई आग्रह गरे । उनले शो रुमका अभिभावक प्रमोद कुमार साहको मेहनत र ईमान्दारिताले एक पछि अर्को शोरुमहरु थपिदै गएको बताए ।
सो अवसरमा बिवाईडीको नेपालका लागि अधिकृत विक्रेता साईमेक्स ईन्क प्रा.ली.का चेयरम्यान अनिल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका पुर्व अध्यक्ष शिव शंकर साह हिरा, जउबासंघका पुर्व अध्यक्ष ललित साह, जनकपुरधाम अटो मोबाईल डिलर्स एशोसिएसनका अध्यक्ष किशन दिक्षित, शो रुमका सञ्चालक छोटेलाल साह सहितकाले आ आफनो मन्तब्य राखेका थिए ।

शो रुमका सञ्चालक छोटेलाल साह अटो मोबाईल व्यापार क्षेत्रका सफल युवा व्यवसायी प्रमोद कुमार साहका भाई हुन । साथै सो अवसरमा बिवाईडीका नेशनल शेल्स हेड आशुतोष गौतम, च्यानल शेल्सको तर्फबाट शौरभ संग्रौला र श्रेयज सुवेदी समेतको उपस्थिती थियो ।






