एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ः चारपाँग्रे सवारीसाधनको चर्चित उत्पादक सुजुकीको नयाँ स्वीफट कार जनकपुरधाममा उलब्ध भएको छ । एपिकस्वीफ्ट मोडलको सो कारको एक समारोहका बिच जनकपुरधाम स्थित सुजुकीको आधिकारिक विक्रेता प्रमोद एण्ड ब्रदर्श अटोले सार्वजानिक गरेको छ । अटोका सञ्चालक युवा व्यवसायी प्रमोद कुमार साह, वरिष्ठ पत्रकार विरेन्द्र रमण तथा प्रेस मञ्च धनुषाका अध्यष अर्जुन मण्डलले सामुहिक रुपमा कार लञ्च गरेका छन् ।
सञ्चालक साहले यो नयाँ कार विधुतिय कार जस्तै शुन्य रनिङ्ग खर्च र सुविधा तथा आधुनिक सुरक्षा सहितको रहेको बताए । कार किन्दा सुरुमा एक हजार लिटर पेट्रोल र पाँच वर्ष सम्मको सर्भिसिङ्ग र त्यसमा प्रयोग हुने मोबिल सहितका निशुल्क उलब्ध हुनेछ ।

कारको फिचरहरु बारे सञ्चालक साह तलको भिडियोमा
https://www.facebook.com/spkhabarnepal/videos/1543311052924814





