एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ :
जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पद र्निविरोध चुनिएको छ । यस अघिको निर्वाचनमा सोहि पदमा पराजित भएका जनकपुरधाम जानकीनगरका लक्ष्मण साह यस पटक र्निविरोध रुपमा उपाध्यक्ष बन्न सफल भएका छन् ।

उनी जित्ने लगभग तय थियो । उनका विरुद्व उम्मेदवारी दर्ता गराएका कपलेश्वरका बिश्वनाथ साह सुडी अन्ततः आफनो उम्मेदवारी फिर्ता लिएपछि उनी र्निविरोध हुने पहिलो भाग्यशाली उम्मेदवार बन्न सफल भएका छन् । निर्वाचन समितिका अध्यक्ष जउबासंघका पुर्व अध्यक्ष समेत रहेका ललित साहले १२ बजेर २० मिनेटमा सुडीले उम्मेदवारी फिर्ता लिएको बताए ।

लक्ष्मण साह फराकिलो मतान्तरले जित्ने अडकलवाजी भइरहेको थियो ।