एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ :
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मधेशको राजधानी जनकपुरधाममा प्रादेशिक ललितकला प्रर्दशनीको आयोजना गरेकोमा स्थानिय उत्कृष्ट कलाकृतीहरुको प्रदर्शनी भइरहेको छ । जनकपुरधामको महेन्द्र नारायण निधी मिथिला संस्कृती केन्द्रमा आयोजित चार दिवसीय ललितकला प्रदर्शनीमा उत्कृष्ट हुने कलाकृतीहरु राष्ट्रिय प्रतिस्पर्धा र पुरस्कारका लागि छनौट हुने छ ।

https://www.facebook.com/spkhabarnepal/videos/1580727026099455

मधेश प्रज्ञा प्रतिष्ठाको समन्वयमा आयोजित प्रदर्शनीको अन्तिम दिन चैत पाँच गते विज्ञहरुको निर्णय बमोजिम प्रदेशका उत्कृष्ट कलाकृतीहरु राष्ट्रिय छनौट प्रतिस्पर्धाका लागि पठाइने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा मधेश प्रदेश संयोजक अरुणा हिमांगले बताइन् । प्रदर्शनीमा ७६ वर्षिय वृद्वा कलाकारले धागोले बनाएको गणेश भगवानको प्रतिमा देखि एक से एक कलाकृतीहरु राखिएको छ ।

प्रादेशिक स्तरमा पहिलो पटक भएको यस्तो आयोजनले स्थानिय कलाकार समेत खुसी छन् । यस्तो भएपछि अव अवसरको अभावमा ओझेलमा परेका वास्तिक कलाकारहरु समेत राष्ट्रिय स्तरमा पुग्न सक्ने भएको भन्दै उनीहरु हर्षित छन् । जनकपुरधामकी मिथिला चित्रकार रुबि पाठक अव वास्तिवक कलाकार राष्ट्रिय र अन्तराष्ट्रिस्तरमा पुग्ने आशा जागेको बताइ्न ।

आयोजनको अभिभावकत्व ग्रहण गरेको मधेश प्रज्ञा प्रतिष्ठानले यस्ता संस्थाहरु समेत संघियताको प्रादेशिक मर्म आत्मसाथ गर्दै स्थानिय कलाकार सम्म पुग्नु नै महत्वपुर्ण रहेको भन्दै अव पहुँच होइन मेहनत र उत्कृष्ट कलाकृती अगाडि बढने प्रतिष्ठानका अध्यक्ष राम भरोष कापडि भ्रमरको दावी छ । उनले पहिला पहुँच र जानकारीको भरमा सिमित कलाकारहरु सिधै आफै काठमाण्डौं पुग्ने गरेकोमा यस पटक स्थानिय स्तरबाट छनौट भएर जाने प्रतिभाले अवसर पाउने बताए ।