एसपी रिपोर्ट
जनकपुरधाम, फागुन १९ :
भगवान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुजीतकुमार झाको अध्यक्षता एवं जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको प्रमुख आतिथ्यमा भएको ११औँ साधारणसभाको उदघाटन सत्रमा संस्थाको प्रतिवेदन एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । पछिल्लो समय सहकारी संस्थाहरुप्रति वितृष्णा बढीरहेको समयमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपप्रमुख साहले सदस्य तथा ऋणीहरुको लगानी डुब्न नदिन तर्फ सचेत हुनु आवश्यक रहेको बताए । उनले संस्थाले गरिब तथा विपन्नहरुले परिश्रम गरेर जम्मा गरेको पूजीको संरक्षण गर्नुलाई आफ्नो दायित्व बनाई क्षेत्र विस्तार तर्फ केन्द्रित हुन सल्लाह दिए ।
संस्थाका कोषाध्यक्ष रामकृपाल साहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थामा ३ सय ६८ कुल सदस्य संख्यामा रहेकोमा १ सय ५१ जना ऋणी रहेको बताए । संस्थामा २ करोड २६ लाख ८६ हजार २२ रुपैयाँ बचत रहेकोमा १ करोड ९७ लाख २० हजार ४ सय १४ रुपैयाँ ऋण बजारमा लगानी गरिएको छ ।
साधारणसभामा भगवान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उपाध्यक्ष रामप्रकाश साह, सचिव विजयनारायण ठाकुर, सदस्य प्रमोद कुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।