एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ :
चाहे के गर्न सकिदैन ? यो वाक्य जनकपुरधाममा चरित्रार्थ भएको छ । नेपाली युवा उद्यमी फोरम जनकपुर च्याप्टरको आयोजनामा जनकपुरधामको मोनाष्टिक स्कुलमा आयोजित दुई दिवसीय पहिलो राष्ट्रिय विद्यार्थी नविनता सम्मेलनमा १२ विद्यालयका करिव पौने दुई सय विद्याथीहरुलाई उद्यमशिलताको प्रशिक्षण दिइयो ।

विभिन्न कम्पनीका दक्ष युवा सञ्चालकहरु प्रशिक्षक रहेको सम्मेलनमा प्रशिक्षण पश्चात पहिलो दिननै ति स्कुले विद्यार्थीहरु मिथिला पेन्टिङ्ग देखि चुरा तिलको लडड्ु (लाई) सहितका खाने परिकार लगायत दर्जनौ बस्तु उत्पादन गरे । सम्मेलनको दोस्रो दिन ति उत्पादनहरुलाई ‘हाट बजार’ नामको मेला र प्रदर्शनी गरेर सार्वजानिक गरियो जस्मा ति किशोर किशोरीहरुले एकै दिन पचास हजारको आम्दानी गरे ।

सुन्दा समान्य लाग्ने माथीका शब्दहरु भने ति स्कुले कलिला विद्यार्थीहरुमा उद्यमशिलता, त्यसवाट हुने आर्थिक आम्दानी खुसीका धेरै पाटाहरु छोडिसकेको हुनुपर्दछ । हाल तराई मधेशका विद्यार्थी र अभिभावक डाक्टर र ईन्जिनियर बनै बन्नु र बनाउनुपर्नेमा केन्द्रित रहेकोले देशमा बेरोजगारी बढेको र युवा शक्ति विदेश पलायन हुन बाध्य भइरहेको भन्दै विद्यार्थीहरुलाई स्कुले जिवन देखिनै उद्यशिलताको ज्ञान दिएर आत्म निर्भरका बैकल्पिक कला पनि सिकाउने उद्देश्यले सम्मेलनको आयोजना गरेको फोरम जनकपुर च्यापटरका अध्यक्ष मानाष्टिक स्कुलका सञ्चालक डा. सोनु साहले बताए ।

विद्यार्थीहरुद्वारा उत्पादित सरसमानहरु समापन समारोहकी प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य जुली महतो, प्रदेश सांसद दिपेन्द्र ठाकुर, एमाले नेता शिव शंकर साह हिरा सहित अभिभावकहरुले पनि किनेका थिए । विद्यार्थीहरुले आफनो उत्पादन बारे क्रेताहरुलाई सम्झाएका पनि थिए । दुई देखि अढाई घण्टामा सबै उत्पादन विक्रि भएको फोरम जनकपुरधाम च्याप्टरका उपाध्यक्ष नविन साहले बताए । यस अघि नेपाली कांग्रेसका पुर्व उपसभापती पुर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले शुक्रवार सम्मेलनको समुदघाटन गरेका थिए ।

समापन समारोहमा उपस्थित फोरमका केन्द्रिय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ सहितक आयोजकले समापन समारोहका प्रमुख अतिथि सहितका अतिथिहरुलाई सम्मान गरेको थियो । नेपाली युवा उद्यमी फोरम जनकपुर च्याप्टरको आयोजनामा जनकपुरधामको मोनाष्टिक स्कुलमा आयोजित दुई दिवसीय सम्मेलनमा जनकपुरधाम र धनुषाको महेन्द्रनगर आलावा नेपालका विभिन्न छ शहरका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो सेमिनारमा करिव ८ शहरबाट १२ विद्यालयका कुल १ सय ७० जना विद्यार्थीहरुको सहभागिता रहेको छ । चिकित्सक र ईन्जिनियर तर्फ मात्र केन्द्रित हुने पछि बेरोजगार भई विदेश पलायन भई युवाको सदुपयोग हुन नसकेको परिवेशमा कक्षा ८, ९ र १० का स्कुले किशोेर किशोरीहरुलाई केन्द्रित गरि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । यस्ता सम्मेलन स्कुल स्तरमा देश र प्रदेशमै पहिलो पटक भएको दावी गरिएको छ ।