एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० : स्कर्पियो चारपांग्रे गाडीको उत्पादनकर्ता महिन्द्रा एण्ड महिन्द्राले जनकपुरधाममा नयाँ ट्विन पिक्सको आधिकारिक बिक्रेता शोरुम सञ्चालनमा ल्याएको छ । जनकपुरधामको मुजेलिया स्थित भाटभटेनीको सामुनेमा रहेको रिचा मोर्टसलाई आधिकारिक विक्रेताका रुपमा शोेरुम सञ्चालनको जिम्मा तोकिएको छ ।
यस शोरुममा महिन्द्राको आफनो फल्यागशिप ग्लोबल एसयुभीहरु– स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० सार्वजानिक गर्दै विक्रि, मर्मत सम्भारको सेवा र पार्टपुर्जा सहितको शोरुमको मंगलवार समुदघाटन गरिएको छ । यो शोरुम काठमाण्डौं छोडेर दोस्रो क्षेत्रीय सेवा प्रदायक आधिकारीक केन्द्र बनेको छ । यस अगाडि ईटहरीमा शोरुम सञ्चालनमा ल्याइएको छ ।
नेकपा एमालेका सचिव पुर्व उपप्रधानमन्त्री रघुविर महासेठ, महिन्द्रा कम्पनीका उपाध्यक्ष–अन्तराष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा र अग्नि ग्रुपका डेपुटी सेल्स डाइरेक्टर बर्दान बस्नेत सहितकाले शोरुमको समुदघाटन गरेका छन् । सो अवसरमा महासेठले शोरुमको मात्र सञ्चालन भएर नहुने भन्दै सरभिसिङ्ग र स्पेयरपार्टसको सहज उपलब्धता र गुणस्तरीयता पनि आवश्यक रहेको बताए ।
त्यसको अभावमा नेपालका गाडीहरु भारतको विहारमा गएर मर्मत गर्नुपर्दा समय र पैसाको अनावश्यक निर्यात र खपत हुने गरेको तर्फ उनले ध्यानाकर्षण गराए ।
सो अवसरमा रिचा मोर्टसका सञ्चालक युवा व्यवसायी राजेश अग्रवाल, महिन्द्राका कन्ट्रीहेड चैतन्य कगलकर, म्यानेजर रुपेश नागर, अग्नि ग्रुपका मधेश प्रदेश प्रमुख प्रभास मान शाक्य, मार्केटिङ्ग प्रमुख निर्मल श्रेष्ठ, प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, सतिश सिंह, रामबाबु यादव, उद्योग बाणिज्य संघ मधेशका संस्थापक अध्यक्ष शिव शंकर साह हिरा, जनकपुरधामका नगरप्रमुख मनोज साह, उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितको उपस्थिती थियो ।