एसपी रिपोर्टर
जनकपुरधाम, असोज २८ :
उपभोक्ताहरुको मन जित्न सफल भएका जनकपुरधामस्थित मिथिला डिर्पाटमेन्ट स्टोरले आफ्नो शाखा विस्तार गर्दै तेस्रो शाखा भ्रमरपुरा चोकमा संचालनमा ल्याएको छ ।
सोे नयाँ स्टोरको उद्घाटन ८० वर्षिय वैद्यनाथ झाले गरेका छन् । जनकपुरधामको शिव चौकमा २०७१ सालमा पहिलोचोटी मिथिला नामले डिर्पाटमेन्ट स्टोर सञ्चालन गरिएको थियो । शिव चौकको सफलतापछि केही वर्षअघि रामानन्द चौकमा दोस्रो शाखा संचालनमा ल्याएको थियो ।
स्टोरका प्रवन्ध निर्देशक हरिकान्त मिश्रले उपभोक्तामाझ राम्रो व्यवहार गर्न सफल भएको कारण आज तेश्रो स्टोर संचालनमा ल्याइएको बताए । जनकपुरधामको हरेक चोक चोकमा मिथिला डिपार्टमेन्ट स्टोर संचालनमा ल्याउने आफ्नो योजना रहेको उनले बताए ।
विजयादशमको कलशस्थापना दिनको अवसर पारेर स्थापना गरिएको नयाँ स्टोरमा हरेक सामानमा ५—१० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने एक हजारभन्दा माथिको खरिदारीमा विभिन्न उपहारको व्यवस्था गरिएको निर्देशक मिश्रले जानकारी दिए ।नयाँ स्टोरमा कस्मेटिक, किराना र गिफ्टका सामाग्रीहरु राखिएको छ । ‘अन्य बेला पनि बजार भन्दा सस्तो गुणस्तरीय युक्त सामाग्री मिथिला डिर्पाटमेन्टमा बिक्री हुने गरेका प्रबन्ध निर्देशक मिश्रले वताए ।
तेस्रो स्टोरको उद्घाटन समारोहमा सांसदहरु, विभिन्न दलका स्थानीय राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, व्यापारिका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।