एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ :
जनकपुरधाममा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरिएको छ । नासा सेकुरेटिजले आयोजना गरेको शेयर लगानीकर्ता सचेतना तथा अन्तरकृया कार्यक्रममा सेक्युरिटिजको व्यवस्थापनमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमको आयोजना गरिएको हो । धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा सुवास चन्द्र भट्टराईले प्रमुख वक्ताको रुपमा शेयर कारोबार सम्बन्धि विभिन्न जानकारी दिएका थिए । उनले धितोपत्र बजारको परिचय, बजारमा प्रवेश गर्ने तरिका, कारोबार गर्ने तरिका , बजारमा लगानी गर्दा हुने फाइदाहरू र जोखिम, धितोपत्रका प्रकार र बजारको वर्तमान अवस्थाका सम्बन्धमा बताएका थिए । देशको वित्तिय प्रणाली, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमा लगानी गर्दा हुने फाइदाहरू, दोस्रो शेयर बजारमा कारोबार गर्दा कम्पनिको विषयमा थाह पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा समेत उनले बताए । सो कार्यक्रममा दर्जनौँ शेयर कारोबारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सेयर बजारमा अनलाईन कारोवारलाई सहज बनाउन सरोकारवालाहरुलाई सुझाव दिइएको थियो । भुक्तानीको सिमा हटाईनुपर्ने भन्दै विज्ञ तथा सरोकारवालाले कारोबार सहज बनाउन सुझाव दिए ।