एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
एउटै छाता मुनि सबै ब्राण्डको मोबाइलको होलसेलर पसल जय माता दी मोबाइल हबको शाखा पसल संचालनमा ल्याइएको छ । विगत ६ वर्षदेखि विभिन्न ब्राण्डका मोबाइलको होल सेलरको रुपमा रहेको सो पसलको शाखा पसल संचालनमा ल्याइएको हो ।
शखा पसलबाट विभिन्न ब्राण्डका मोबाइल किन्न पाउनुका साथै रिपेयरिंगको सुविधा समेत त्यहाँबाट पाउन सक्ने जय माता दि मोबाइल हबका संचालक विकास गोयलले जानकारी दिए । उनले मोबाइलका हरेक पार्ट समेत उपलब्ध गराइने उनको भनाई थियो ।
सो पसलको उदघाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले गरेका हुन् । पसल उदघाटन समारोहमा मारवाडी सेवा समितिका कोषाध्यक्ष गौतम अग्रवाल, मारवाडीहरुको युवा मञ्चका अध्यक्ष विक्रम जैन लगायत उपस्थित थिए ।