एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ८ :
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जनकपुरधाम शाखाले विमा अभिकर्ताहरुलाई तालिम दिएको छ । बिमाको विषयमा आमजनमा रहेको भ्रम चिर्ने उद्देश्यले कम्पनीले विमा अभिकर्ताहरुलाई तालिम दिएको हो ।
२ सयभन्दा बढी अभिकर्ताहरु सहभागी रहेको सो तालिममा विमाको फाइदाका विषयमा जानकारी गराउनुका साथै विमाका विषयमा आमजनमा रहेको भ्रम चिर्न तालिमको आयोजना गरिएको नेपाल लाइफ इन्सुरेन्स कम्पनीको शाखा समितिका परमेश्वर साहले जानकारी दिए । उनले अभिकर्ताहरु विमाको विषयमा पोख्त भए मात्रै आमजनलाई विमाको फाइदाको विषयमा आमजनलाई बुझाउन सक्ने भएकाले तालिमको आयोजना गरिएको बताए ।
दुई दिनसम्म चल्ने तालिममा अभिकर्ताहरुलाई जनकपुरधाम शाखाका प्रमुख कमलेश कुमार कर्ण, कम्पनीका प्रदेश प्रमुख दशरथ झा लगायतले तालिम दिई रहेका छन् ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जनकपुर शाखामा साढे ६ हजार बढी अभिकर्ताहरु आवद्ध छन् भने ३९ हजार बढी विमित छन् ।