एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ :
जनकपुरधाममा थप एक ईन्टरनेट सेवा प्रदायक कम्पनीले आफनो सेवा शुभारम्भ गरेको छ । नेपालको सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट सेवा दावी गरिएको इन्टरनेट सेवा प्रदायक ‘वाई–फाई नेपाल’ ले मधेश प्रदेश अन्तर्गत धनुषाको जनकपुरधाममा आफ्नो सेवा विस्तार गरेको हो ।

काठमाण्डौ उपत्यका, पोखरा उपत्यका, इटहरी, धरान, विराटनगर लगायत कोशी प्रदेश तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा सफलता पूर्वक सुरुवात भई सञ्चालनमा रहेको यस इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरुमा विस्तार गर्दै आएको छ ।

घरायसी तथा व्यापारिक ग्राहकहरुको इन्टरनेट सम्बन्धी आवश्यकताहरू र त्यसले हुने थुप्रै फाइदाहरू लाई ध्यानमा राख्दै वाई–फाई नेपालले आफ्ना अफर तथा इन्टरनेटका प्याकेजहरु बजारमा ल्याएको छ । ५० एमबिपिएसको प्रतिमहिना ३ सय ३३ तथा ८० एमबिपिएसको प्रति महिना मात्र ५ सयको दरले सेवा उपलब्ध हुने जनाइएको छ ।

एक पत्रकार सम्मेलनको आयोजना गरि कम्पनीले सेवा विस्तारको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ‘वाई–फाई नेपाल’का सुजित पौडेल, जनकपुरधाम म्यानेजर विक्रम राउत सहितको उपस्थिती थियो ।