एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ :
धनुषा चेम्बर अफ कमर्शको नयाँ कार्यसमिति गठन भएको छ । आइतबार बसेको चेम्बर धनुषाको बैठकले विजयकुमार साहको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

कार्य समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा पुरानै पदाधिकारी रहेका छन् । त्यस्तै, सहसचिव, एसोसिएट सदस्यलगायत कार्यकारिणी सदस्यहरूमा नयाँलाई स्थान दिइएको छ ।

चेम्बर धनुषाको नवगठित कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा सरोजकुमार मिश्र, उपाध्यक्षद्वयमा हीरा पुर्ब र सलामत राईन, महासचिवमा कृष्णदेव महतो, सचिवमा विजय साह, सहसचिवमा दिपनारायण साह, कोषाध्यक्ष उज्वल अग्रवाल, सहकोषाध्यक्षमा जानकी रमण झा र एसोसिएट सदस्यमा श्रवण कुमार साह रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा बिनोद कुमार साह, शंकर प्रसाद साह, राजुकान्त कापड, मिथिलेश झालगायत छन् ।