एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १६ : कमला नदी छेउछाउ मज्जाको तरबुज खेती हुन्छ । गर्मीमा पानी र शितलता दुवै अभाव पुरा गर्ने फल तरबुजको मांग हुने भएकाले यस सिजनमा तरबुज खेती कमला छेउछाउका धनुषा र सिरहा किसानहरुको मुख्य उत्पादन हुने गर्दछ । तर लकडाउनका कारण ब्यापार र आवागमन ठप्प भएपछि यसवर्ष तरबुज खेतमै कुहिने अर्को डर र त्रासमा छन त्यहाँका किसानहरु ।
सिरहामा मात्रै कमला नदी किनारमा किसानहरूले करिव २३ विघघामा खरबुज्जा) खेती गरेको छन । फल उत्पादन भएर बजारका लागि तयार रहेपनि व्यापारीहरु नआइदिएपछि उनीहरु संकटमा परेका छन् । सिरहा कर्जनहा नगरपालिका वडा नं. ६ बेतहा निवासी नरेन्द्र मुखियाले मात्र करिब ३ विग्हामा तरबुज खेती गरेको छ । उनको दुखेसो छ, ‘व्यापारीको गाडी त आएन आएन खुद्रा बिक्री पनि हुदैन ।’ एकजनालाई खेती गर्न २ लाख ५० हजार सम्म खर्च लागत भएको मुखिया बताउछन् । उब्जाएको तर्वुज खपत भएन भने नरेन्द्र लाई ठुलो आर्थिक संकट पर्ने निश्चित छ ।
Áण लिएर खेती गरिएकाले साहुले ब्याज लिनै नै भयो र उब्जाएको फल पनि खेतमै कुहिने भएपछि किसानको ििपडा कहाली लाग्दो छ । न बजार छ न व्यापारी नै यस्तो बेला के गर्ने ? पत्रकारलाई सितैमा तर्बुज खुवाउदै किसानले आफुहरुको पिडा सरकार समक्ष पुरयाइदिन आग्रह गरेका छन् । किसानहरु भन्छन, ‘कमलाको वगरमा गोहिया बनाइ रातीमा बालबच्चा सहित बसेर फल उब्जाए तर हात लाग्ने भयो शुन्य ।’
राती जनावरहरु घोर गद्दरले तर्वुज, खिरा, खिरी र तरकारी बाली तथा फल खान हुलको हुल आउछ, हैेरान गर्छ, बाली नस्ट पार्ने डरले रातभर नसुतेर पहरा दिएर बस्नु पर्ने सम्मको मेहनत गरेको अर्का किसान धनुषा बरमझियाका रफिद नदाफले बताए । मुख्य फल तर्बुज रहेपनि त्यसका साथसाथै काँक्रो, खिरी, फुइट सहितका फल समेत खेतमै कुहिने डरले किसानलाई सताएको छ । अब पेट पाल्न पनि समस्या भएको छ, कमला बचाउन अभियानका अभियानीहरू सहित कमला वगरमा पुगेको कमला बचाउ अभियानका सचिव एवं मानव अधिकारकर्मी विनोद महरासँग किसानहरू गुनासो गर्दै न्यायको लागि स्थानीय सरकार र प्रदेश सरकार सम्म पहल गरि दिनुहुन अनुरोध समेत गरेका छन् ।