एसपी रिपोर्टर
जनकपुरधाम, पुष ४ : जनकपुरधामको बजारमा टाटा मोटर्सका विद्युतीय गाडीहरूको टेस्ट ड्राइभ गरिएको छ । टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी टे«डिङ प्राइभेट लिमिटेडले सोमबार जनकपुरधामस्थित डिलर गिरिजा अटोमोबाइल्सको सहयोगमा टेस्ट ड्राइभ कार्यक्रम गरेको हो । टाटाबाट उत्पादित विद्युतीय गाडीहरूको टेस्ट ड्राइभ गर्नुका साथै यसका विशेषताहरूबारे सर्वसाधारण तथा ग्राहकहरूलाई जानकारी दिइएको छ ।
कार्यक्रममा सहभागी जनकपुरधामका उपमेयर किशोरी साहले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने बताउनुभयो । प्रदूषण न्यूनीकरणका लागि पनि विद्युतीय गाडी उपयुक्त हुने उहाँको भनाइ छ । प्रदर्शनीमा टाटाका विद्युतीय गाडीहरू टिगोर र नेक्सनबारे जानकारी दिइएको हो ।
त्यसक्रममा सिप्रदी कम्पनीका सिनियर प्रोडक्ट म्यानेजेर निर्मल खटारीले इन्धनबाट चल्ने गाडीहरूभन्दा ब्याट्रीबाट चल्ने विद्युतीय गाडीहरू धेरै किफायती हुने बताउनुभयो । त्यस्तै, जनकपुरधामस्थित गिरिजा अटोमोबाइल्सका सञ्चालक गुड्डु जैनले पनि विद्युतीय गाडी हरेक हिसाबले उत्तम हुने बताउनुभयो । विद्युतीय गाडीहरूप्रति विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको गरिएको कम्पनीले जनाएको छ ।