जनकपुरधाम, भदौ ८ :
डिस्कवरका मोटरसाइकलको प्रचार प्रसार गर्ने उद्देश्यले जनकपुरधाममा डिस्कवर माइलेज प्रतियोगिता हुने भएको छ । बजाज शोरुम जनकपुरधाम ओम अटो मोबाइल्सको आयोजनामा डिस्कवर माइलेज प्रतियोगिताको आयोजना हुन लागेको हो ।
जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा बिहिबार हुने सो प्रतियोगितामा १ सय बढी प्रतियोगीहरुले भाग लिने ओम अटोका संचालक संतोषकुमार साहले जानकारी दिए । सो प्रतियोगिता बिहिबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने उनले बताए ।
यता प्रतियोगितामा भाग लिने प्रतियोगीहरुलाई ओम अटो मोबाइल्सले डिस्कवर मोटर साइकल उपलब्ध गराउनुका साथै १ सय एमएल पेट्रोल समेत उपलब्ध गराउने छ । प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार नगद बराबरको जिन्सी पुरस्कार र ट्रफी, द्वितिय हुनेलाई ५ हजार बराबरको जिन्सी पुरस्कार र ट्रफी र तृतिय हुनेलाई ३ हजार नगद बराबरको जिन्सी र ट्रफी पुरस्कार प्रदान गरिने छ ।
पेट्रोलियम पदार्थको मूल्य आकाशिदै गईरहेको अवस्थामा यस प्रकारको प्रतियोगिताले डिस्कवरका मोटरसाइकलप्रति ग्राहकमा विश्वास बढ्ने सेल्स हेड श्रीधर भण्डारीले जानकारी दिए । उनले यो प्रतियोगिता बजाज कम्पनीको माइलेज नाप्ने प्रबिधिबाटै विजेताको निक्र्यौलय लगाइने बताए ।