एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० :
जनकपुरधाम उद्योग बाणिज्य संघले तेस्रो मुुलुकबाट आयात हुने समानहरु जलेश्वर भिट्टामोड सडकबाट पनि आयातको व्यवस्था गरिदिन मांग गरेका छन् । संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जउबासंघको टोली जलेश्वर भन्सार कार्यालय मार्फत भन्सार विभाग काठमाण्डौंलाई ज्ञापन पत्र बुझाउदै तेस्रो देशबाट आउने सरसमानहरु बिरगंज र विराटनगर नाकाबाट मात्र आइरहेकाले सरसमानको मुल्य बढने गरेको र व्यापारमा समेत असर पर्ने गरेकाले जलेश्वर नाकाबाट समेत त्यस्ता समानहरु आउन सक्ने व्यवस्थाका लागि मांग गरेको हो ।

अहिलेको आयातले मधेशको राजधानी जनकपुरधाम सहित धनुषा, महोतरी, सर्लाही, सिन्धुली, उदयपुर, सिरहा सहितका जिल्लाहरु प्रभावित भएको र आयात लागतका हिसावले सरसमानहरु महङ्गो हुने गरेकाले जलेश्वर नाकाबाट सो व्यवस्था भए सहज हुने उनीहरुको भनाई छ । टोलीमा व्यापारी अगुवा निर्मल चौधरी सहित जउबासंघका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।