एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ :
सिद्वार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यस अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरेको बैंकले प्रदेश २ को राजधानी जनकपुरधाममा सरसफाई र रक्तदान कार्यक्रम गरेको हो ।

विहान श्री राम मन्दिर र श्री राजदेवी माता मन्दिरको प्राङ्गण सरसफाई गरेको बैंकले त्यसपछि जनकपुरधामको मिल्स एरिया स्थित शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रदेश २ मा २४ शाखा र एउटा एक्सटेन्सन काउन्टर रहेको बैंकले बार्षिकोत्सव मनाउने क्रममा सामाजिक कार्यक्रम गरिएको बैंक प्रदेश २ का सव हेड हरिप्रसाद तिमिल्सनाले बताए ।

रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको बैंकले जनाएको छ । सो अवसरमा मिल्स एरिया शाखाका म्यानेजर बर्न बहादुर बलम्पाकी सहित कृष्ण साह लगायतको उपस्थिती थियो ।