एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १६ : प्रदेश नम्बर २ अस्थायी राजधानी जनकपुरधाममा व्यवसायीक प्रतिष्ठानहरु धमाधम सञ्चालनमा आउन लागेका बेला मंगलवार जनकपुरधामको बजरंग चौकमा थप एक प्रतिष्ठान संचालनमा आएको हो । जनकपुरधाम बजारको सम्भावना र पर्यटकहरुलाई मध्य नजर गर्दै चन्द्रवती इन्टरप्राइजेजले यार्सागुम्बाबाट उत्पादित वेभरेज जनकपुरधामको बजारमा ल्याएका छन् ।
यार्सागुम्वाबाट उत्पादित वेभरेज नेपाली बजारमा ल्याएका जनकपुरधामको चन्द्रवती इन्टरप्राइजेजले एक कार्यक्रम बीच सो व्वसायीक प्रतिष्ठानको समुद्घाटन गरेका हुन । समुद्घाटन कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष कञ्चन झा, जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष निर्मल चौधरी, वर्तमान अध्यक्ष जितेन्द्र महासेठ, सचिब फुलदेव पंडित,कोषाध्यक्ष परमेश्वर साह,जनकपुर जेसीजका पुर्व अध्यक्ष गौतम साह, वर्तमान अध्यक्ष मनोज साह लगायतको उपस्थिति रहेको थियो ।
नेपाली यार्सागुम्वाबाट उत्पादित वेभरेज विश्व बजारमा नेपालको पहिचान दिलाउने र पेयपदार्थको ब्राण्डसंगको प्रतिष्र्धामा उत्रिने यार्सागुम्वाका प्रबन्ध निर्देशक विक्की गोयन्काको विश्वास छ । नेपाली उत्पादनको मूर्तरुप लिन थालेको यो पेय पदार्थलाई कम्पनीले ‘ह्विस्की’भन्दा पनि ‘यार्सागुम्बा वेभरेज’को नामांकरण गरेको उनले बताए । अहिलेसम्मको अवस्थामा ४० प्रतिशत अल्कोहल रहेको गोल्डेन साफिर र २८.५ प्रतिशत अल्कोहल रहेको ब्लु साफिर ७५० मिलिलिटर बजारमा उपलब्ध हालसम्म कम्पनीका दुई उत्पादन रहेको गोयन्काले बताए । पूर्ण प्राकृतिक पदार्थहरुको मिश्रणबाट स्थानियस्तरमै उत्पादन गरिएको आफ्नो उत्पादन जो सुकै व्यक्तिले पनि उपभोग गर्न सक्ने उनले जनाए ।
मदिरा कहिल्यै नखानेले पनि यार्सागुम्बा खान हुने दाबीसहित बजारमा ल्याइएको यसमा यार्सागुम्बासहित विभिन्न जडिबुटीको मिश्रण रहेकोले पुरै बोतल पिएपनि ह्याङओभर नहुने चन्द्रवती इन्टर प्राइजेजका संचालक इश्वर अग्रवालले बताए । उनले सन् १९९७ मा उत्पादनका लागी प्रोसेसिङ्गमा नै रहेको र पुर्ण रुपमा २०२१ देखि यार्सागुम्बा वेभरेज बजारमा आएको हो । अहिलेसम्म बजारमा आएका पेय पदार्थको तुलनामा राम्रो र गुणस्तरीय प्याकेजिङ रहेको आफ्नो उत्पादनको प्रयोगबाट कसैले पनि निराशा हुनु नपर्ने कम्पनीको भनाइ छ ।
नेपालका हिमाली भेगमा पाइने यार्सागुम्बा एक टिपिकल वस्तु रहेको र यसैबाट बनाइएको यस पेयपदार्थले औषधीकै रुपमा काम गर्ने पनि जनाइएको छ । यार्सागुम्बा वेभरेजको नेपाली मूल्य करिब ११ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।