एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ :
टिभिएस बाइक तथा स्कुटरको उत्पादक जगदम्बा मोर्टसले जनकपुरधाममा टिभिएस बाइकको ब्रान्ड प्रमोशन गरेको छ । टिभिएस बाइकको जनकपुरधाम स्थित अधिकृत बिक्रेता आर्यन अटोमोबाइल्सको अगुवाईमा नेपाली तथा भोजपुरीका चर्चित अभिनेता निखिल उप्रेतीको नेतृत्वमा जनकपुरधाममा ब्रान्ड परमोशन गरिएको छ ।

जनकपुरधामको विभिन्न चौक सहितको परिक्रमा गर्दै नायक उप्रेतीको नेतृत्वमा बाइक र स्कुटीको रयाली समेत निकालिको छ । नेपालमा जनकपुरधाम स्थित अधिकृत बिक्रेता आर्यन अटोमोबाइल्स सर्वाधिक बाइक बिक्रेता शो रुम समेत हो । सञ्चालक संजिव महतोले आफुहरु नयाँ बाइक बिक्रि भन्दा पनि बाइक र स्कुटीको मर्मत सम्भारमा ग्राहकलाई सन्तुष्ट गर्ने गरेको बताए । नायक उप्रेतीले स्मार्ट व्यक्तीको स्मार्ट च्वाइस नै टिभिएस बाइक र स्कुटी रहेको बताए । सो अवसरमा जगदम्बा मोर्टस प्रदेश २ का शेल्स म्यानेजर दिपक रौनियारको सहभागिता समेत रहेको थियो ।