एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ : नेपाली सेनाको फर्मेशन तथा युनिटहरुमा कार्यरत सकलदर्जाहरुमा उच्च स्तरको शारिरिक तन्दुरुस्ती कायम गरी प्रतिस्पर्धात्मक भावना मार्फत नेतृत्व विकास गरी क्षमतावान खेलाडीहरुको पहिचान एवं समग्रमा देशको छवीलाई उच्च राख्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने उद्देश्य अनुरुप पृतनापति ट्रफि–२०८३ प्रारम्भ भएको छ ।
विभिन्न ८ -आठ) वटा खेल विधाहरु -फुटबल, भलबल, बास्केटबल, स्वीमिङ्ग, जुडो, तेक्वान्दो, एथ्लेटिक्स र बक्सिङ्ग खेलहरु) समाबेश गरी सञ्चालन हुने æपृतनापति ट्रफि–२०८३Æ को श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी श्री भुवन खत्रीले बर्दिबास सैनिक शिविर स्थित खेलमैदानमा विधिवत् रुपमा समुद्घाटन गरेका छन् । उक्त प्रतियोगिता मिति २०८३ जेष्ठ २५ गते देखि मिति २०८३ असार ५ गतेसम्म सञ्चालन हुने छ ।

उक्त कार्यक्रममा पृतना हे.क्वा. अन्तर्गत रहेका वाहिनी अड्डाहरुका खेलाडीहरुबाट मार्चपास, नेपालको समग्र जातजाती तथा क्षेत्रको पहिचान हुने गरी विभिन्न संस्कृति झल्कने ७ वटा प्रदेशको झाँकी प्रदर्शन,आत्म प्रतिरक्षा सम्बन्धी ज्ञान अभिबृद्धि गर्न अनआर्म कमब्याड, ड्रिल अन्तर्गत तेक्वान्दो, आइकिदो तथा नेपालीहरुको विरताको गौरव गाथा झल्काउन खुकुरी ड्रिलको समेत प्रदर्शनी गरिएको थियो । सोही अवसरमा गत वर्षको पृतनापति ट्रफीमा च्याम्पियन वाहिनी हुन सफल नं.९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी भुमिभक्त बरालले पृतनापति समक्ष टर्च हस्तान्तरण गर्नुका साथै सोही दिन संचालन भएको पुरुष/महिला १०० मिटर दौडमा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट पुरस्कार वितरण भएको थियो ।
æपृतनापति ट्रफि–२०८३Æ समुद्घाटन समारोहमा मध्य पूर्वी पृतना अन्तर्गत रहेका नं.९, २७ र २८ वाहिनी अड्डाका वाहिनीपतिहरु, अन्य सुरक्षा निकायका प्रदेश प्रमुखज्यूहरु, स्थानीय पत्राकार, पृतना अन्तर्गत मधेस प्रदेश सहित बागमती प्रदेशको ३ वटा जिल्ला गरी जम्मा ११ वटा जिल्लाहरुमा तैनाथ गणहरुका गणपतिहरु तथा युद्ध मद्दती र युद्ध सेवा मद्दतीका युनिटपतिहरु लगायत स्टाफ अधिकृत, पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।





