लहानमा ४० वर्षिय पुरुषको घाँटी रेटेर हत्या


एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० : सिरहाको लहानमा एकजनाको हत्या भएकोे छ । टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको हो । लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
घरवाट करिव ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए । उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । यद्यपी हत्या कसले र किन गरेको हो ? भन्ने नखुलेको डिएसपी क्षेत्रीले बताए । प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन् ।
