एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ :
पछिल्लो समय जनकपुरधाममा मोटरसाईकल चोरीको घटना बढ्दै गईरहेको छ । प्रहरीले चोक चोकमा सवारी साधन आवतजावत व्यवस्थित पार्न जनकपुरधाममा विभिन्न योजना ल्याई रहेपनि मोटरसाईकल चोरीको घटनामा कमी आएको छैन । शनिबार समेत जनकपुरधाममा मोटर साइकल चोरी भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९का संजयकुमार साहको घरबाटै मोटरसाईकल चोरी भएको हो । साहको प्रदेश २–०–००४प २३३८ नम्बरको २ सय सीसीको पल्सर एनएस एबीएस एफआई मोटरसाईकल चोरी भएको हो । घरमै मोटरसाईकल पार्क गरी राखेको अवस्थामा गत शनिबार अन्दाजी राति २ बजे मोटरसाईकल चोरी गरेको उनले बताए ।
जनकपुरधाममा दिनदिनै मोटरसाईकल चोरीका घटनाहरु बढ्दै गईरहेको समयमा यसलाई नियन्त्रण गर्नु प्रहरीका लागि चुनौतीको विषय बनेको छ ।





