एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २८ :
ट्राफिक प्रहरीको काम शहर, नगर र बजारमा यातायातका साधनहरुको अनुगमन, व्यवस्थापन, समग्रमा ट्राफिक व्यवस्थापन र सो सम्बन्धीत कुनै गल्तीहरु भेटिएको खण्डमा कानुन बमोजिम कारवाही र जरिवाना गर्ने हो । तर जनकपुरधाममा ट्राफिक प्रहरी घरेलु समान्य विवाद मिलाउन पनि बर्दीमै पुग्ने गरेको पाइएको छ । त्यसमा पनि दबंग स्टाइलले ।

दुई छिमेकी बिच भएको समान्य विवादका क्रममा कुनै एक व्यक्तिको पक्षमा गुण्डाशैलीमा ट्राफिक प्रहरीका वरिष्ठ सई राजिव तिवारी बर्दीमै एकजना स्थानियलाई धम्की मात्र दिएनन गलहथ्थी दिएर एक वृद्वलाई लछारपछार समेत गरेका छन् । हेर्नोस एसपीखवरलाई उपलब्ध भएको घटना सम्बन्धी दृश्य ।

https://www.facebook.com/spkhabarnepal/videos/818463446175864

जनकपुरधाम वडा नं. २ मा घर बनाई रहेका बेचन साहको घरमा मजदुरहरुले काम गर्ने क्रममा स्थानिय आलोक ठाकुर मेरो शरिरमा सिमेन्ट फालिएको भन्दै सई तिवारीलाई बोलाएर गाली बेजती तथा लछार पछार गर्दै पिटपाट समेत गरेको पिडित साहले बताएका छन् । दृश्यमा सई तिवारीले भनिरहेका छन, ‘उस्ले सक्दैन तर म तलाई अतरीमा हात हालेर निकालि हाल्छु ।’

सुरुमा समान्य देखिएका सई तिवारी पछि तुरन्त यति आक्रोसित भएका छन कि उनी साहको गर्दनमा हात हालेर बेस्सरी धकेल्दै लगेका छन् । उनको आक्रोसको सिमा छैन । यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र भुषण यादवले त्यस्तो विवादमा ट्राफिक प्रहरी पुग्न नहुने बताउदै घटनाको विषयमा आफु बुझेपछि मात्र बताउन सकिने बताए ।