एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ :
शनिबार राति धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५, उमाप्रेमपुर पर्वतामा बस्ने ३३ वर्षीय देवलाल ठाकुरले आफ्नै श्रीमती २९ वर्षीया सँगीता ठाकुरको हत्या गरेका छन्।
स्थानीयका अनुसार सामान्य विवादकै क्रममा देवलालले लौरोले प्रहार गरी श्रीमतीको टाउकोमा गम्भीर चोट पुऱ्याए, जसका कारण घटनास्थलमै उनकी मृत्यु भएको हो।
मृतक सँगीता ठाकुरको माइती धनुषाको जनकपुरधाम उपमहानगरपालिका महुवा कपिलेश्वरमा रहेको छ।
घटनापछि धनुषाधाम प्रहरीले देवलाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुरधाममा राखिएको छ।