पुरन रौनियार
जनकपुरधाम, भदौ ९ : एतिवेला प्लाजमा थेरापी समेत कोभिड संक्रमितहरुका लागि भरपर्दो एक उपचार विधी बनेको छ । देशका विभिन्न शहरका अस्पतालहरु प्लाजमा थेरापी प्रविधीवाट संक्रमितको उपचार समेत गर्न लागेको छ । तर जनकपुरधामा समेत रहेको सो थेरापी गर्ने दुईवाट मेशिन त्यसै अलपत्र छ । जनकपुरधाम प्रादेशिक अस्पतालमा करिव डेढ दुई वर्ष अगाडि ल्याइएको सो प्लाजमा थेरापी मेशिन बिना काम अलपत्र रहेको छ ।
यस विषयमा प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. नागेन्द्र यादवसंग सोध्दा उनले मेशिन चलाउने दक्ष जनशक्ति नभएका कारण मेशिन अलपत्र रहेको बताए । उपेन्द्र यादव जी स्वास्थ्य मन्त्री छदा अहिलेको प्रादेशिक अस्पतालको नयाँ प्रयोगशाला समुदघाटन गरिएकै वेला सो मेशिन आएको तर चलाउने जनशक्तिको अभावमा त्यसै राखिएको उनले बताए । मेसु डा. यादवले भने, ‘मेशिन भएर मात्र हुदैन, दक्ष जनशक्ति वाट अपरेट गर्ने मान्छे त चाहियो ।’
देशका अन्य अस्पतालहरु नेपाल रेडक्रस सोसाइटीको समन्वयमा प्लाजमा थेरापी प्रविधीको उपचार सुरु गरिसकेको वेला प्रादेशिक अस्पतालका मेसु डा. यादव भने त्यो सम्भव देख्दैनन । उनले भने, ‘एक त दक्ष जनशक्तिको अभाव छ नै थेरापीवाट उपचारका लागि किट आवयश्क पर्दछ जस्को एक विरामीमा मात्र लाग्ने किटको १२ हजार सम्म पर्न जान्छ ।’ स्रोतका अनुसार करिव ५० लाखको सो मेशिन त्यसै थनिएको छ ।
रेडक्रस धनुषासंग पनि एक वटा मेशिन
मेसु डा. यादवले एक मेशिन रेडक्रससंग पनि रहेको जानकारी गराए । एसपीले खवरले रेडक्रस धनुषा प्रमुख नरेश सिंहसंग सम्पर्क गर्दा उनले मेशिन रहेको र तनिवर्ष देखि ब्लड सेपरेशनमा प्रयोग भइरहेको बताए । अहिले आवयश्क परे कोरोना उपचारमा समेत सदुपयोग गर्न सकिन्छ, उनले भने, ‘तर त्यसको लागि राज्यको अनुमति र चिकित्सकको व्यवस्था त हुनुप¥यो ।’ यद्यपि आफुहरु ब्लड सेपरेशनको काममा तिनवर्ष देखि सो मेशिन प्रयोग गरिरहेको सिंहले बताए ।
महामारीमा अव्यवस्थाका कारण स्रोत साधनको अभावमा नागरिक ज्यान गुमाउन बाध्य छन् । तर भएका स्रोत साधनहरु समेत त्यसै थन्किएको छ । कतै समान छ चलाउने मान्छे छैन कतै समान र जनशक्ति दुवै छैन । समान्य अवस्थामा हजारौ, लाखौं खर्च गरेर उपचार लिने सर्वसधारण अहिले पैसा खर्च गरेर पनि ज्यान जोगाउन सकिरहेका छैनन भने कतिपय स्रोत साधन त्यसै अलपत्र रहेकाले नागरिकको जिउधनको क्षती भइरहेको छ ।
कोरोनावाट निको भइसकेका व्यक्तिहरुको ब्लडवाट संक्रमितका लागि फाइदाजन मानिने आवश्यक प्लाजमा संकलन गरि विरामीलाई थेरापी विधीवाट गरिने उपचार अहिलेको महामारी अवस्थामा विश्वमै एक थप आशावादी उपचार सावित हुन थालेको छ ।
क्लोथ बैंक सञ्चालनका लागि पहल गर्दै
एता कोरोना कहरमा संक्रमितहरुका लागि अभियान थालेको क्लोथ बैंकले जनकपुरधाममा रहेको दुईवटा मेशिनलाई सदुपयोग गर्न आवयश्क पहल थालेको छ । प्रमुख जिल्ला अधिकारीले मंगलवार बोलाएको बैठकमा प्लाजमा थेरापीको उपचार सुरु गर्न रहेको कठिनाइ र सम्भाव्यताका विषयमा छलफल हुने र बैंकको समेत पहलकदमीमा त्यसको समाधानका लागि ठोस योजना ल्याउन नसकिने बैंकका अध्यक्ष राजिव झाले बताए । उनले भने, ‘मेशिन छ र अन्य ठाँउमा यदि सो विधीवाट उपचार भइरहेको छ भने जनकपुरधाममा किन हुन सक्दैन ? ।’ बैंकले धनुषाका प्रमुख जिल्ला अधिकारी संगको समन्वयमा प्रादेशिक अस्पतालसंग समेत छलफल भइरहेको जनाएको छ ।