एजेन्सी
दिल्ली, साउन २९ : भारतमा एकै दिन ६७ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा कुल संक्रमितको संख्या २३ लाख ९५ हजार पुगेको छ। यस्तै भारतमा एकै दिनमा ९ सय ५० जनाले ज्यान गुमाएका छन् ।
यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४७ हजार नाघेको छ । यस्तै भारतमा झण्डै १७ लाख संक्रमित निको भएका छन् ।