एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ : जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा थप एकजनाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि नै ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
उनलाई ज्वरो आइरहेको थियो र लामो समय देखि लक्ष्ण रहेको प्रादेशिक अस्पताल कोभिड १९ का संयोजक डा. जामुन सिंहले बताए । उनको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको र शव व्यवस्थापनको तयारी भइरहेको छ । यससंगै कोरोना संक्रमणवाट धनुषामा मात्र मृत्यु हुनेको संख्या तिन पुगेको छ ।