एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : जनकपुरधाममा आइतवार मृत्यु भएका दुईजना मध्ये एकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा मृत्यु भएको सोहि अस्पतालका सुरक्षा गार्ड समेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रुघाखोकी र झाडापाखाला संगै ज्वरो समेत आउने गरेको उनी गाँउमै औषधी खाइरहेको अवस्थामा आइतवार विहान अचानक स्वाँस प्रस्वाँसमा समस्या भएपछि अस्पताल पुरयाउने वितिकै उनको मृत्यु भएको थियो । उनको आइतवारनै दाहसंस्कार गरिसकिएको छ ।
त्यसै गरि काब्या हस्पिटलमा मृत्यु भएको शहिदनगर नगरपालिकाका पुरुषको भने रिपोर्ट नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी थिए । काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्ष्ण नरहेको दावी गर्दै आएको थियो । उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको छ । दुवै मृतकको रिपोर्ट आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले समेत पुष्टी गरेको छ ।