एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ : सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणवाट मृत्यु भएको भनिएका सिरहाका २५ वर्षिय पुरुष मृगौलाको विरामी रहेको र दुई वर्ष देखि जनकपुरधाम अस्पतालमै डायलासिश गराउने गरेको खुलेको छ ।
एसपी खवरसंग कुराकानी गर्दै प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले सिरहाको गोलबजार वडा नं. १२ का पुरुष विहिवार उपचारका लागि आएको र अवस्था सिकित्स रहेकामा उनको राती १०ः४५ मा मृत्यु भएको हो । उनले सप्ताहमा दुई पटक कहिले काही तिन पटक सम्म डायलासिश गर्ने विरामी थिए । गत १९ गते स्वास संकलन गर्दा २० गते नै उनको रिपोर्ट पोजेटिभ आएको थियो । शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
विराटनगरमा पनि एकको मृत्यु
त्यसै गरि विराटनगर–९ का एकजना व्यक्तिको कोशी अस्पतालमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल पु¥याइएका व्यक्तिको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिइएको छ ।
५८ वर्षीय पुरुषमा एकसाता देखि सामान्य ज्वरो आएको र आज एक्कासी श्वास फेर्न समस्या परेपछि अस्पताल भर्नाका लागि लगिएको थियो । कोशी अस्पताल आईसोलेशनका इन्चार्ज डा.लक्ष्मीनारायण यादवले लक्षण मिल्ने देखिएकोले स्वाब संकलन गरिएको जानकारी दिनुभयो।