एसपी रिपोर्टर
जनकपुरधाम, साउन १ : नेपाल सरकारलाई सवै भन्दा अत्याधिक कर तिर्ने र देशको जिडिपीमा अहम योगदान रहेको सफल कम्पनी सुर्य नेपालले कोरोना व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई १ करोड नगद सहयोग गरेको छ । एक विशेष उपस्थितीका बिच सुर्य नेपालका भाइस प्रिसिडेन्ट कर्पोरेट अफेयर्स रवि केसीले मुख्य मन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन ।

सुर्य नेपालले जारी गरेको प्रेस नोटमा आफुहरु देशमै सवै भन्दा बढि कर तिरेर देशकै आर्थिक उन्नतीमा योगदान दिइरहेको र व्यवासायी समाजिक उतरदायित्वको कार्यहरुमा समेत अग्रणी अवस्थामा रहेको भन्दै प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भाईरस कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष कोभिड फन्डमा १ करोड सहयोग गरेको बताइएको छ । व्यवसायीक समाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत सो रकम सहयोग गरिएको समेत उल्लेख छ ।

चेक बुझदै मुख्यमन्त्री राउतले धन्यवाद आभार व्यक्त गरे । सुर्य नेपाल जस्तो सफल उद्योगले प्रदेश २ सरकारप्रति देखाएको सदासयता र सहयोगको भावनालाई कदर गर्दै मुख्यमन्त्री राउतले यस्ता सहयोगहरुले प्रदेश २ सरकारको मनोबल र कामगर्ने जाँगरमा बृद्वि हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, सुर्य नेपालका प्रतिनिधीहरु, युवानेता ज्ञानु झा, दिपक झा सहितको सहभागिता रहेको थियो ।