FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यस्तो छ प्रदेश २ मा कोरोना संक्रमण, उपचार, परिक्षण र क्वारेन्टाइनको अपडेट

पर्सामा थप ५ जनामा कोरोना संक्रमण

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २० :
प्रदेश २ मा कोरोना भाइरस संक्रमित हुनेको संख्या ८ सय १५ पुगेको छ । मंगलवार मात्रै १ सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले दैनिक मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार सप्तरीमा १, सिरहामा १७, धनुषामा ४, महोत्तरीमा २, सर्लाहीमा २१, रौतहटमा ७४ र बारामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा रहेको नार्गो माध्यमिक विद्यालयको क्वारेन्टाईनमा एकजना, सिरहाको सिरहा नगरपालिका स्थित सुर्यनारायण सत्यनारायण मरवैता क्याम्पस होस्टलमा रहेको क्वारेन्टाईमा १७ जनामा कोरोना पुष्टि भएको हो । धनुषाको धनौजी गाउँपालिका स्थित शंकर माविमा रहेको क्वारेन्टाईनमा १, नगराईन क्वारेन्टाईनमा १ र हंसपुर नगरपालिका नौवाखोर मावि क्वारेन्टाईनमा २ जनामा, महोत्तरीको रामगोपालपुर गाउँपालिका २ महेन्द्र माविमा १, विसविट्टी मावि क्वारेन्टाईनमा १ जनामा कोरोना पुष्टि भएको छ भने सर्लाहीको बलरा नगरपालिका क्वारेनटाईनमा ९, ब्रम्हपुरी गाउँपालिका ९ स्थित रामविलाश प्रा.वि. क्वारेन्टाईनमा १२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका २ स्थित भोलइया मावि क्वारेन्टाईनमा १४, राजपुर नगरपालिका २ बैरिया स्थित मदरसामा संचालित क्वारेन्टाईनमा २१, गढीमाई नगरपालिका ३ स्थित शंकरबुद्ध माविको क्वारेन्टाईनमा १, परवा नगरपालिका ४ स्थित लौकहा माविमा संचालित क्वारेन्टाईनमा ४, राजदेवी नगरपालिका ६ स्थित क्वारेन्टाईनमा १८, गौर नगरपालिका ३ स्थित युद्ध माध्यमिक विद्यालयको क्वारेन्टाईनमा २३, यमुनामाई गाउँपालिका ४ स्थित सर्वथा माविको क्वारेन्टाईनमा ८ वर्षिय बालिका सहित ३ जनामा कोरोना पुष्टि भएको छ भने बाराको देवताल गाउँपालिका स्थित ने.रा.नि.मा.वि.को क्वारेन्टाईनमा रहेका एकजनामा समेत कोरोना पुष्टि भएको उनले जनाए ।

हालसम्म प्रदेशको सप्तरीमा ५६, सिरहामा ४७, धनुषामा ८१, महोत्तरीमा ३१, सर्लाहीमा १३१, रौतहटमा ३०८, बारामा ५५ र पर्सामा १०४ जना संक्रमित मध्ये १ सय ४ जना उपचार पश्चात निको भई घर फर्केका छन ।

आइशोलेसनमा कति ?

मिडिया ब्रिफिङमा जानकारी गराई अनुसार मंगलवार दिउंसोसम्म सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा १, राजविराज स्थित शाही कृष्णा अस्पतालको आइसालेशन कक्षमा ५३ जनाको उपचार भइरहेको छ भने सिरहाको महेन्द्र गेनाई अस्पतालमा २५, जिल्लाको कोभिड १९ विशेष अस्पतालमा ५ र धनुषाको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा २८ र लक्ष्मिनिया स्थित सीटीईभीटी पोलिटेक्निक इन्स्टिच्यूटको आइसोलेशन कक्षमा ५९ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी महोत्तरीको जिल्ला अस्पतालमा २६, सर्लाहीको मलंगवा स्थित बलवामाई राजनारायण यादव अस्पतालमा ४५ जनाको उपचार भइरहेको भने रौतहटको चन्द्रनिगाहपुर स्थित अस्पतालमा ८, गौरमा २९, राजपुर फरहदवामा २५, देवही गोनाहीमा २२, गरुडा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशन कक्षमा ७५ जना, बाराको कलैया स्थित अस्पतालमा ५०, पर्साको नारायणी उपक्षेत्रिय अस्पताल अन्तर्गतको कोभिड विशेष गण्डक अस्पतालमा २० जनाको उपचार भइरहेको जनाइएको छ । सिरहामा ४, प्रादेशिक अस्पताल जनकपुरमा एक र महोत्तरी जिल्ला अस्पतालमा ८ जना आशंकितको आइसोलेशन कक्षमा उपचार भइरहेको छ।

परिक्षण र क्वारेन्टाईनको अवस्था के ?
प्रदेशभरिमा २८ हजार ८ सय ८५ बेड सहितको ३ सय ९४ वटा क्वारेन्टाईन निर्माण गरिएको छ जसमा २३ हजार ३ सय ७६ जना शंकास्पद स्दै आएका छन भने ५ हजार ५ सय ८३ जना होम क्वारेन्टाईनमा बस्दै आएका छन । हालसम्म प्रदेशमा १६ हजार ४ सय ४४ जनाको स्वाव संकलन गरिएकोमा परिक्षण पश्चात ८ सय १५ जनामा पोजेटिव पुष्टि भएको छ भने १० हजार ४ सय २३ जनाको रिपोर्ट निगेटिभ आएको छ र ५ हजार २ सय ६ जनाको परिणाम आउन बांकी रहेको छ । त्यसैगरी आरडीटी परिक्षण तर्फ ७ हजार ३० जनाको परिक्षण गरिएकोमा ७९ जनाको पोजेटिभ र ६ हजार ५१ जनाको निगेटिभ परिणाम आएको सचिव डा. घिमिरेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

7 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy