एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २० : प्रदेश २ को रौतहटमा एकैदिन ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा मात्र कोरोना संक्रमितको संख्या ३१० पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् ।
प्रदेश २ समाजिक विकास मन्त्रालयको मिडिया ब्रिफिङ्ग सेन्टरले जानकारी गराएको छ । प्रदेश २ को विस्तृत अपडेट चारबजे हुने दैनिक मिडिया ब्रिफिङ्गमा सार्वजानिक गरिने छ ।