एसपी रिपोर्टर
काठमाण्डौं, जेठ १९ : पछिल्लो २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
दैलेखका ४१, कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लाका १९, रौतहटका १८, कैलालीका १४, सल्यानका १०, दाङका ९, बाँकेका ७, धनुषाका ७, सुर्खेतका ५, सिरहाका ५, नवलपरासीका ३, झापाका २, महोत्तरीका २, मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरका १(१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७९८ पुगेको छ। संक्रमितमध्ये २२१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।