FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


प्रदेश २ मा थप ८२ जनामा कोरोना संक्रमण भेटियो, सर्लाहीमा मात्र ३८ जना


प्रदेश २ मा थप ५७ मा कोराना संक्रमण, कुल ५ सय ५३ पुग्यो

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १९ :
पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ८२ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १२ जना, सिराहा जिल्लामा ५ जना, धनुषा जिल्लामा ७ जना, महोत्तरी जिल्लामा २ जना, सर्लाही जिल्लामा ३८ जना र रौतहट जिल्लामा १८ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो । यस संगै प्रदेश २ मा मात्र संक्रमितको संख्या ६ सय ९५ पुगेको छ ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिका स्थित नरघो माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहको १ जना, १८ देखि ४० बर्ष उमेर समुहको १० जना र ४० देखि ७० बर्ष उमेर समुहको १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरु सवै जना छिमेकी मुलुक भारतबाट आएर नरघो माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ ।

सिराहा जिल्लामा भने सिराहा नगरपालिका स्थित सूर्य नारायण सत्य नारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाईनमा बस्दै आएका १८ देखि ४० बर्ष उमेर समुहका २ जना र १८ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । उनीहरु छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाईनमा बस्दै आएका थिए ।

धनुषा जिल्लाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ बर्ष १८ बर्ष देखि ४० बर्ष उमेर समुहका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा गरिएको स्वाव संकलनको परिणाम अनुसार १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय बत्सकौराको क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि४० बर्ष उमेर समुहका २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । धनुषाको धनौजी गाउँपालिका र हंसपुर नगरपालिकामा आज कोरोना संक्रमण पुष्टी भएका ६ जना नै छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका.स्थित शिबचन्द्र आश्रमा सञ्चालित क्वारेन्टाईनमा रहेका बर्ष १८ र सोही जिल्लाको रामगोपालपुर नगरपालिका स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका बर्ष १८ कै गरी २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पनि छिमेकी मुलुक भारतबाट नै आएको बुझिएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये सवैभन्दा धेरै संख्या सर्लाही जिल्लामा रहेको छ । जसअनुसार सर्लाही जिल्लाको कबिलाशी नगरपालिका स्थित अगरवा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ९ बर्षिया बालिका र २६ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सोही क्वारेन्टाईनमा रहेका १४ बर्षिय बालक सहति १ देखि १८ बर्ष उमेर समुहका ५ जना, १८ देखि ४० बर्ष उमेर समुहका २६ जना, ४० देखि ७० बर्ष उमेर समुहका २ जना र ७० बर्ष भन्दा बढी उमेर समुहका १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उक्त कबिलासी नगरपालिका स्थित अघरवा माध्यमिक विद्यालयमा रहेका क्वारेन्टाईनमा रहेका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ । सर्लाही जिल्लाकै हरिपुर नगरपालिकामा रहेको क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका २ जना पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका स्थित जनता माध्यमिक विद्यालय सरुवाथामा सञ्चालित क्वारेन्टाईनमा रहेका २२ बर्षिय महिला र १८ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । रौतहट जिल्ला कै परोहा नगरपालिका स्थित लौकाहा माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १३ जना र ४० देखि ७० बर्ष उमेर समुहका १ जना गरी कुल १४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । रौतहटका दुवै क्वारेन्टाईमा रहेका कोरोना संक्रमितहरु छिमेकी मुलुक भारतबाट नै आएको बुझिएको छ ।

यस २ नम्वर प्रदेशमा हालसम्म ९९ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् । जसमा नारायणी अस्पताल बीरगंज र उक्त अस्पताल माहतत रहेको कोभिड १९ बिशेष गण्डक अस्पताल बीरगंजबाट ९७ जना संक्रमितहरु उपचार पश्चात निको भएका हुन भने बाँकी २ जना प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ बिशेष अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २३ जना पुरुष र १ जना महिलागरी कुल २४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सप्तरी जिल्ला राजविराज स्थित साईकृष्ण अस्पतालको आइसोलेसन कक्षमा १ महिला र २९ जना पुरुषगरी कुल ३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा रहेको आइसोलेसन कक्षमा २ महिला र २६ पुरुषगरी कुल २८ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । धनुषा जिल्लाकै लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा ६ जना महिला र ३१ जना पुरुषगरी कुल ३७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १ जना महिला र २३ जना पुरुषगरी कुल २४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित ४३ जना पुरुष र १ जना महिलागरी कुल ४४ जना कोरोना संक्रमितहरुकोको उपचार भइरहेको छ ।

रौतहट जिल्ला स्थित चपुर अस्पतालमा ८ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३ महिला र २८ पुरुषगरी कुल ३१ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा ४२ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा २२ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७२ पुरुष र ३ महिलागरी कुल ७५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिलागरी कुल ५० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा १८ जना पुरुष र २ जना महिलागरी कुल २० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । त्यसैगरी सिराहा अस्पताल सिराहामा ५ जना, र महोत्तरी जिल्लाको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना गरी कुल १३ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

10 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन
अन्य

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

4 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy