FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


पर्सामा थप ५ जनामा कोरोना संक्रमण


पर्सामा थप ५ जनामा कोरोना संक्रमण

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ :
प्रदेश २ को पर्सा जिल्लामा पाँच जना थप संक्रमित भेटिएका छन । अहिले साँझ ५ जना कोरोना भाइरस संक्रमितिहरु पुष्टी भएको प्रदेश सरकारको मिडिया ब्रिफिङ्ग सेन्टरले जनाएको छ । जस मध्ये ४ जना क्रमश २२, २५, २२, ३६ बर्षका पुरुषहरु रहेका छन् भने १ जना २५ बर्षिय महिला छिन् । उनीहरु पर्टेवा सुगौली गाउँपालिकाका हुन् ।

साँझ पर्साको पटेर्वासुगौली गाँउपालिकाका १ महिला सहित ५ जनामा संक्रमण भेटिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र यादवले जानकारी दिनु भएको हो ।पटेर्वा सुगौलीका गाँउपालिको वडा नम्बर १ , २ , ४ र ५ का २२ वर्षका २ पुरुष , २५ वर्षका १ पुरुष र १ महिला तथा ३६ वर्षका १ पुरुष गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १० दिन पहिले भारतको महाराष्ट्र , गुजरात र दिल्लीबाट फर्किएका उनिहरुलाइ पटेर्वा सुगौली गाँउपालिकाको निचुटा स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

निचुटाको क्वारेन्टाइनमा रहेका ५० जनाको गत बिहिबार स्वाव संकलन गरि वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । ती मध्ये ५ जनाको स्वाबको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिनुभयो ।आज साँझ संक्रमण पुष्टि भएका पाँचै जनालाइ एम्बुलेन्समा राखेर वीरगन्जको गण्डक स्थित अस्थायी कोबिड १९ अस्पतालमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनुभयो । पर्सामै आज बिहान पनि थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज बिहान सखुवा प्रसौनी गाँउपालिका १ घर भएकी ६० वर्षिया महिला र वडा नम्बर २ का १८ वर्षिय युवकमा संक्रमण पुष्टि भएको हो ।सखुवा प्रसौनी गाँउपालिकाको औराहा पन्चगावा स्थित क्वारेन्टाइनमा रहेका ५० जनाको स्वाब संकलन गरि वीरगन्जको प्रयोगशालामा पिसिआर जाँच गरिएको थियो । ती मध्ये आज बिहान २ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिनु भएको थियो । आज बिहान संक्रमण पुष्टि भएका दुवै जना जेठ १३ गते भारतको मुम्बइ र उत्तर प्रदेशबाट आएका थिए ।भारतबाट आएका उनिहरुलाइ औराहा पन्चगावा स्थित दिपनारायण उच्च माविको क्वारेन्टाइनमा राखिएको थियो ।आज बिहान संक्रमण पुष्टि भएका दुवै संक्रमीतलाइ पनि गण्डक स्थित अस्थायी कोबिड १९ अस्पतालमा ल्याएर राखि सकिएको छ ।

आज शनिवार एकै दिन थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि पर्सा जिल्लामा संक्रमीतको संख्या १ सय ५ पुगेको छ । ती मध्ये ५ जना भारतीय नागरिक हुन् भने बाँकी १ सय जना पर्साकै स्थानीय हुन् । पर्साका सहायक प्रमुख जिल्ल अधिकारी ललीत बस्नेतका अनुसार , पिसिआर जाँचका लागि पर्सामा अहिले सम्म ३ हजार ६ सय ३० जनाको स्वाब संकलन गरि सकिएको छ ।त्यो मध्ये आज शनिवार साँझ सम्म ३ हजार ४ सय १० जनाको रिपोर्ट आएको छ । जसमा १०५ जनाको रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । पिसआर जाचका लागि संकलन गरिएको स्वाब मध्ये अब २ सय २० को रिपोर्ट आउन बाँकी रहेको बस्नतेले जानकारी दिनुभयो ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

9 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन
अन्य

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

4 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy