एसपी रिपोर्टर
काठमाण्डौं, जेठ १७ : पछिल्लो २४ घन्टामा देशमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४ सय १ पुगेको छ । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।
एता विगत २४ घण्टामा प्र्रदेश २ मा भने थप ५७ जना संक्रमित फेला परेका छन् । प्रदेश नम्वर २ मा आज मात्रै ५७ ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको हरेक दिन हुने प्रदेश सरकारको मिडिया व्रिफिङ्गमा जनाइएको छ । ५७ मध्ये सप्तरीमा ९ जना, सिरहामा ११ जना, धनुषामा ७ जना, महोतरी ४ जना, सर्लाहीमा १७ जना, रौतहटमा ६ जना, बारामा १ जना र पर्सामा २ जनामा संक्रमण पुष्टि भएको हो । यस संगै प्रदेश २ मा कुल संक्रमितको संख्या ५ सय ५३ पुगेको छ ।